यस व्यवस्थापन संकायको स्थापना आधुनिक व्यावसायिक जगतको मागलाई सम्बोधन गर्न सक्ने दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ गरिएको हो। यस संकायले सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक सीप र अनुसन्धानमा जोड दिँदै आएको छ। हाम्रा स्नातक र स्नातकोत्तर कार्यक्रमहरूले विद्यार्थीहरूमा उद्यमशीलता, नेतृत्व क्षमता र नैतिक मूल्य मान्यताको विकास गराउँदछन्।
The Faculty of Management was established with the objective of producing highly competent and professional human resources capable of meeting the demands of the modern business world. This faculty emphasizes a balanced approach combining theoretical knowledge with practical skills and research. Our undergraduate and postgraduate programs are designed to foster entrepreneurship, leadership capabilities, and ethical values among students.

